अविरल वर्षा पछि आएको बाढी र पहिरोमा परी १७ को मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अविरल वर्षा पछि आएको बाढी र पहिरोमा परी १७ को मृत्यु


प्रशासन संवाददाता

४ मंसिर २०७५, मंगलबार


हनोई । भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक आँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले मङ्गलबार जानकरी दिएका छन् ।

उक्त आँधी र त्यसपछिको बाढी र पहिरोमा परी ३१ व्यक्ति घाइते भएका र सयौँ घर ध्वस्त भएको सञ्चारमाध्यमले जानकारी दिएका छन् । भियतनाममा सन् २०१७ मा आएको आँधीको कारण ३ सय ८६ व्यक्तिको मृत्यु हुनुको साथै ६ लाख भन्दा बढी घर क्षतिग्रस्त भएका थिए । उक्त प्रकोपबाट ६० खर्ब भियतनामी डोङ बराबरको नोक्सानी भएको थियो ।

यस प्रकोपको कारण हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६०० सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्तका सरकारी अधिकारीले जानकारी दिएका छन् । भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । पछिल्ला वर्षहरुमा प्राकृतिक प्रकोप बढ्दो मात्रामा रहेको बताइन्छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस