काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिन्छ : मन्त्री पण्डित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिन्छ : मन्त्री पण्डित


३ मंसिर २०७५, सोमबार


कर्मचारी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण  कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पण्डितले काम गर्न नसक्ने कर्मचारीलाई बिदा गरिने  बताएका हुन् ।

कर्मचारीहरू खटाएको ठाउँमा जान नखोज्नु मुख्य समस्या रहेको उनले बताए । उनले भने, -‘कर्मचारीले काम गर्न भन्दा विदेश घुम्न मात्र खोज्ने गरेको छ, विदेशमा सिकेको ज्ञान नेपाल आएपछि प्रयोगमा कमै मात्र आउने गरेको छ ।’

सरकार कर्मचारीको वृतिबिकास नरोकिने गरी समायोजनको तयारीमा रहेको बताउँदै मन्त्री पण्डितले जानेको र सक्ने काम आफै गर्न र काम कहिले पनि नपन्छाउन कर्मचारीहरूलाई आग्रह गरे ।

कर्मचारीहरूले हाजिरसमेत नगर्ने गरेको भन्दै कर्मचारी अभाव आफै सिर्जना गरेको उनले बताए । उनले भने, ‘केही दिनअघि म एउटा कार्यालयको अनुगमनमा गएको थिए । सुरुमा तपाईँहरूको समस्या के छ भनेर सोधे, कर्मचारी छैनन् । सेवा दिन गाह्रो छ भन्ने जवाफ पाइयो, खै हाजिरी हेरौँ त भन्दा आधाको पनि हाजिर छैन । अनि कसरी पुग्छ त कर्मचारी ?’

कर्मचारी धेरै भएकाले पनि सेवा सुविधा बाँड्नुपर्ने बाध्यता रहेको भन्दै भौगोलिक विकटतालाई हेरेर सरकार कर्मचारी समायोजनको तयारीमा रहेको बताए । तर, मनोवृत्ति बिग्रेका कर्मचारी काठमाडौँ जत्तिकै सेवा र सुविधा भएको हेटौडामा पनि जान नमानेको मन्त्री पण्डितले गुनासो गरे।

सरकार काम गर्न नसक्ने अवस्थाका कर्मचारीलाई बिदा गर्न तयार रहेको उल्लेख गर्दै उनले भने ‘मनचिन्ते सोचले ग्रसित भएर थिचिदा थिचिदा काम गर्न नसक्ने भएकालाई हात जोडेर बिदा गरिन्छ ।’

सरकार समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न कर्मचारी समायोजनमार्फत सम्पूर्ण राष्ट्रसेवकलाई वृत्ति विकासको ढोका खोलेर अगाडि बढ्नेतर्फ केन्द्रित रहेको मन्त्री पण्डितको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस