२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिन्छ : मन्त्री पण्डित

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण  कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पण्डितले काम गर्न नसक्ने कर्मचारीलाई बिदा गरिने  बताएका हुन् ।

कर्मचारीहरू खटाएको ठाउँमा जान नखोज्नु मुख्य समस्या रहेको उनले बताए । उनले भने, -‘कर्मचारीले काम गर्न भन्दा विदेश घुम्न मात्र खोज्ने गरेको छ, विदेशमा सिकेको ज्ञान नेपाल आएपछि प्रयोगमा कमै मात्र आउने गरेको छ ।’

सरकार कर्मचारीको वृतिबिकास नरोकिने गरी समायोजनको तयारीमा रहेको बताउँदै मन्त्री पण्डितले जानेको र सक्ने काम आफै गर्न र काम कहिले पनि नपन्छाउन कर्मचारीहरूलाई आग्रह गरे ।

कर्मचारीहरूले हाजिरसमेत नगर्ने गरेको भन्दै कर्मचारी अभाव आफै सिर्जना गरेको उनले बताए । उनले भने, ‘केही दिनअघि म एउटा कार्यालयको अनुगमनमा गएको थिए । सुरुमा तपाईँहरूको समस्या के छ भनेर सोधे, कर्मचारी छैनन् । सेवा दिन गाह्रो छ भन्ने जवाफ पाइयो, खै हाजिरी हेरौँ त भन्दा आधाको पनि हाजिर छैन । अनि कसरी पुग्छ त कर्मचारी ?’

कर्मचारी धेरै भएकाले पनि सेवा सुविधा बाँड्नुपर्ने बाध्यता रहेको भन्दै भौगोलिक विकटतालाई हेरेर सरकार कर्मचारी समायोजनको तयारीमा रहेको बताए । तर, मनोवृत्ति बिग्रेका कर्मचारी काठमाडौँ जत्तिकै सेवा र सुविधा भएको हेटौडामा पनि जान नमानेको मन्त्री पण्डितले गुनासो गरे।

सरकार काम गर्न नसक्ने अवस्थाका कर्मचारीलाई बिदा गर्न तयार रहेको उल्लेख गर्दै उनले भने ‘मनचिन्ते सोचले ग्रसित भएर थिचिदा थिचिदा काम गर्न नसक्ने भएकालाई हात जोडेर बिदा गरिन्छ ।’

सरकार समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न कर्मचारी समायोजनमार्फत सम्पूर्ण राष्ट्रसेवकलाई वृत्ति विकासको ढोका खोलेर अगाडि बढ्नेतर्फ केन्द्रित रहेको मन्त्री पण्डितको भनाइ थियो ।