राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड


३ मंसिर २०७५, सोमबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब १२ करोड मुनाफा कमाएको छ ।

चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महीनामा एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै बैंकको पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार ब्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ । यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत छ । यस्तै प्रतिशेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार रुपैयाँले बढेर १२ रुपैयाँ ४४ पैसा पुगेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस