बोक्सीको आरोपमा ७३ वर्षीया एकल वृद्धामाथि कुटपिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बोक्सीको आरोपमा ७३ वर्षीया एकल वृद्धामाथि कुटपिट


३ मंसिर २०७५, सोमबार


धादिङ । धादिङमा ७३ वर्षीया एकल वृद्धामाथि कुटपिट भएको छ । बोक्सीको आरोपमा स्थानीय एकल वृद्धा सेतीमाया लायो मगरलाई मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट उनी गम्भीर घाइते भएकी छन् । घाइते मगरलाई उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई गत कात्तिक २८ गते साँझ स्थानीय ४ जनाले बोक्सीको आरोपमा मलमुत्र खुवाइ कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् । कुटपिट गर्ने ३ जना धामी र एक सैनिक रहेको बताइएको छ ।

घटनामा संलग्न स्थानीय ५५ वर्षीय हर्कबहादुर पुलामी, ६० वर्षीय खोलबहादुर पुलामी, ४० वर्षीय यमबहादुर मगर र विदा मनाउन घर आएका सेनाका जवान धनबहादुर गुर्छान मगरलाई पीडितको उजुरीको आधारमा जिल्ला प्रहरीकार्यालय धादिङले पक्राउ गरेको छ ।

सेनाका जवान गुर्छान मगर हाल कुलेखानीस्थित राजगणमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस