इन्स्टाग्राम चलाउनुहुन्छ ? नयाँ फिचर आएको छ, हेर्नुस् प्रयोग कसरी गर्ने ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इन्स्टाग्राम चलाउनुहुन्छ ? नयाँ फिचर आएको छ, हेर्नुस् प्रयोग कसरी गर्ने ?


२ मंसिर २०७५, आइतबार


काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । जसको नाम ‘माइ एक्टिभिटी’ छ । यस फिचरका माध्यमबाट प्रयोगकर्ताले इन्स्टाग्राममा आफुले कति समय विताए भन्ने थाहा पाउने छन् ।

यो फिचर प्रयागकर्ताको युजर प्रोफाइल पेजको दायाँतर्फ माथिल्लो कर्नरमा ह्यामबर्गर आइकनको रुपमा रहेको छ । जसमा दिनहुँको टाइम लिमिट सेट गर्ने तथा अस्थायी रुपले नोटिफिकेसन म्यूट गर्ने जस्ता टुल्स पनि दिइएको छ ।

कम्पनीले गत अगष्ट महिनामा यो फिचरको घोषणा गरेको थियो ।

नयाँ फिचर प्रयोग कसरी ?
सबैभन्दा पहिले इन्स्टाग्राम लग इन गर्ने त्यसपछि इन्स्टाग्रामको एप सेटिंग्समा जाने र एक्टिभिटि नामक अप्सनमा क्लिक गर्ने अनि समयको ग्राफ देखिन्छ । समयको ग्राफमा क्लिक गर्दा इन्स्ट्राग्राममा कति समय बिताए भन्ने थाहा पाइन्छ । त्यहाँ दैनिक रिमाइन्डर सेट गर्ने अप्सन पनि उपलब्ध छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस