सुदूरपश्चिम समृद्ध प्रदेश बन्छ : मन्त्री भट्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिम समृद्ध प्रदेश बन्छ : मन्त्री भट्ट


२ मंसिर २०७५, आइतबार


बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताएकी छन् ।

मन्त्री भट्टले शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावनाको क्षेत्र रहेको बताइन् ।

यो प्रदेशमा भएको पर्यटकीय सम्भावनाको बारेमा सञ्चारमाध्यमले पनि प्रचारप्रसारमा ल्याउनुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा मन्त्री भट्टले नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमरराज भट्टराई र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीका नवनिर्वाचित अध्यक्ष महेशप्रसाद अवस्थीलाई सम्मान समेत गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस