गजल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गजल


१ मंसिर २०७५, शनिबार


सुख, शान्ति, सँगसँगै समृद्धि आयो ।
देश सिध्याउने नौलो एक प्रवृत्ति आयो ।।

गाउँगाउँमा सिंहदरबार ल्याउने कुरामा,
जनतालाई गोली ठोक्ने स्वीकृति आयो ।

आजका शिष्य भोलिका गुरू बन्ने वाला,
तिनीहरूकै हातहातमा छात्रवृत्ति आयो ।

नौ जवान युवाहरू खाडी पठाएर सबैले,
मात्रै बूढाहरूले देश चलाउने प्रकृति आयो ।

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

तन ,मन अनि धन हुनुपर्छ ।
मेरो पनि एउटा मन हुनुपर्छ ।।

समय अनि साथ प्रशस्त भए,
बस् घुम्ने एउटा वन हुनुपर्छ ।

भोलि भोलि भन्दै सबघर बितिगो,
बक्सियोस् आज त झोली हुनुपर्छ ।

कुरो र कुलो जता घुमाए पनि तिमीले,
बोली भने बन्दुकको गोली हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस