सेनाकी रशिला तीन विधाको उपाधी नजिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेनाकी रशिला तीन विधाको उपाधी नजिक


३० कार्तिक २०७५, शुक्रबार


कठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल र युगल तथा यु—१७ गल्र्स तीनै विधा तर्फ उपाधी नजिक पुगेकी छिन् ।

रशिलाले महिला एकलमा सेनाकै नङ्गशल देवी तामाङ्ग संगको भेट पक्का गरेकी छिन् । शुक्रबार सम्पन्न सेमिफाईनलमा नङ्गशलले एपिएफकी शोभा गौचनलाई २१।१२, २१।८ ले तथा रशिलाले गत संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्गलाई २१।१३, २१।११ ले पन्छाउँदै उपाधी नजिक पुगेका हुन् ।

यस्तै रशिलाले यु—१७ गल्र्स तर्फ मोरङ्गकी रोज पाण्डेलाई २१।९, २१।६ को सोझो सेटमा पराजित गरिन् । यस्तै दोश्रो खेलमा सेनाकै रञ्जना भट्टले मोरङ्गकै सिमा राजबंशीलाई २१।१६, २१।१५ ले पन्छाउंदै फाईनल प्रवेश गरिन् ।

यसैगरि रशिलाले नङ्गशल तामाङ्ग संग मिलेर महिला युगल तर्फ पनि जित निकाल्दै उपाधी नजिक पुगेकी छिन् । रशिला र नङ्गशल जोडीले जेष्टकी सिता राई र बाँकेकी संझना शर्माको जोडीलाई २१।११, २१।११को सोझो सेटमा हराएका हुन् । अव रशिला र नङ्गशलले फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने भएका छन् । पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१।१४, १७।२१, २१।१३ ले पराजित गरे ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगिताको यु १७ ब्वाईज तर्फको खेलम अन्तराष्ट्रिय स्वर्ण पदकधारी प्रिन्स दाहाल जेष्टका प्रियांन्सु सिंह क्षेत्रीलाई २१।१२, २१।९ ले पाखा लगाउँदै फाईनल प्रवेश गरे । उनले अव फाईनलमा सेनाका दिवस शंकर संग प्रतिस्पर्धा गर्ने छन् । शंकरले जेष्टकै पेम्बा शेर्पालाई २१।१४, १५।२१, २१।१२ ले पराजित गर्दै फाईनलमा प्रिन्स संगको भेट पक्का गरेका हुन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ्ग जित निकाल्दै फाईनल प्रवेश गरे । उनले सेनाकै रुकेश महर्जनमाथि २१।११, २१।१४ को जित निकाले । अव रत्नको भेट एपिएफका दिपेश धामी संग हुने छ । दिपेशले सेनाका नविन श्रेष्ठलाई २१।१७, २१।६ ले पाखा लगाए ।

पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडी संगको भेट पक्का ग¥यो । तामाङ्ग र नविनको जोडीले सेनाकै रुकेश महर्जन र प्रफुल महर्जनलाई २१।१५, २१।१९ ले तथा धामी र मगरको जोडीले एपिएफकै गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१।१७, १९।२१ र २१।१८ ले पाखा लगाउँदै फाईन प्रवेश गरेका हुन् ।

मास्टर्स ४५ बर्ष माथीको खेलमा सेनाका सुभाष श्रेष्ठ र भूमि गुरङ्गको जोडीले फाईनल यात्रा तय गरे । श्रेष्ठ र गुरुङ्गको जोडीले जेष्ट ब्याडमिन्टनका अनुज पौडेल र प्रेम घलेको जोडीलाई २१।१५, २१।१७ ले पराजित गरे । यस्तै अर्को खेलम जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले ललितपुरका सुनिल मान शाक्य र पूर्ण भक्त चित्रकारको जोडीलाई २१।११, २१।११ ले पन्छाउँदै फाईलन प्रवेश गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस