२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई ‘पार्किङ–वे’ निर्माण गरिँदै

अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई ‘पार्किङ–वे’ निर्माण गरिने भएको छ ।

विमानस्थलको उत्तर–पूर्व र दक्षिण–पश्चिम क्षेत्रमा पाँच/पाँच विमान अट्ने दुई ‘पार्किङ–वे’ निर्माण गरिन लागिएको हो । अबको पाँच महिनामा निर्माण सकिने विमानस्थलले जनाएको छ । विमानस्थलमा अहिले जहाज पार्किङको समस्या छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब ६ करोडको लागतमा ‘रिमोट पार्किङ–वे’ र ‘पार्किङ–वे’ निर्माण गरिन लागिएको हो ।

निर्माणाधीनमध्ये उत्तर–पूर्वतर्फको ‘रिमोट पार्किङ–वे’ निर्माणमा ४७ करोड र दक्षिण–पश्चिमतर्फको ‘पार्किङ– वे’ निर्माणमा ५९ करोड खर्च हुनेछ । विमानस्थलका अनुसार उत्तर–पूर्वतर्फ दुई वाइड बडी जहाज र तीन साना (एटिआर) जहाज तथा दक्षिण–पश्चिमतर्फ दुई वाइड बडी र तीन एटिआर जहाज राख्न सकिनेछ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार रिमोट पार्किङ–वे आगामी फागुनमा र पार्किङ–वे वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ । पार्किङ–वे निर्माणपछि विमानस्थलमा चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

कहाल विमानस्थलमा  अन्तर्राष्ट्रिय विमान पार्किङ गर्ने क्षमता छ, जहाँ तीन वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ–वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतंककारी गतिविधिको शंका भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ ।

विमानस्थलबाट तीन नेपालीसहित ३१ अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० विमान पार्किङ गर्न सकिन्छ । अहिले हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्छन् ।