प्रधासेनापति र संयुक्त राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधासेनापति र संयुक्त राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता


३० कार्तिक २०७५, शुक्रबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द थापा र संयुक्तराष्ट्रसंघका नायब महासचिव खमिन मोहम्मद बीच शुक्रबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघकी नायब महासचिव अमिना जे मोहम्मद शिक्षाका लागि विश्व अभियान सम्मेलनमा भाग लिन शुक्रबार काठमाडौं आइपुगेकी हुन् । उनले नेपाल सरकारका उच्च अधिकारीहरुसंग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

उक्त भेटवार्तमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

अमिना नाइजेरियाकी पूर्व वातावरण मन्त्री हुन्। उनले २०१५ मा विकास योजनाका लागि पूर्व महासचिव बान-की-मुनको विशेष सल्लाहकारको रुपमा पनि काम गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस