महिला विश्वकप क्रिकेट : समूह ‘बि’बाट भारत र अष्ट्रेलिया सेमिफाइनलमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महिला विश्वकप क्रिकेट : समूह ‘बि’बाट भारत र अष्ट्रेलिया सेमिफाइनलमा


३० कार्तिक २०७५, शुक्रबार


काठमाडौं । आईसीसी टि-ट्वान्टी महिला विश्वकपको समूह ‘बि’बाट भारत र अष्ट्रेलिया सेमिफइनलमा प्रवेश गर्न सफल भएका छन् ।

बिहीबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने अष्ट्रेलिया यस अघि नै सेमिफाइनलमा प्रवेश गरीसकेको थियो ।

भारतले आयरल्यान्डलाई ५२ रनले पराजित गरेको थियो । एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको भारतले टस हारेर ब्याटिङ गर्दै १४५ रन बनाएको थियो ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सकेको थियो ।

त्यस्तै, न्यूजील्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेको छ । १४५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सकेपछि न्यूजील्यान्डले सहज जित निकालेको हो । जित निकालेपनि न्यूजील्यान्ड विश्वकपबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस