घुस दिने पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस दिने पक्राउ


२८ कार्तिक २०७५, बुधबार


पक्राउ

काठमाडौं । प्रहरीले घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ ।

भक्तपुर मध्येपुर ठिमी नगरपालीका – ३ गठ्ठाघर चोकबाट ना ५ ख ७१८१ नम्बरको ट्रक चालकलाई पक्राउ गरेको हो ।

चालकले रुट प्रमिट कागजको भित्र दुई सय रुपैया राखी घुस दिएकाले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै बुद्धनगरबाट बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङ पनि पक्राउ परेका छन् । उनले प्रहरीलाई १ हजार घुस दिएको प्रहराले जनाएको छ ।

निजलाई सवारी साधनसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस