पूर्वराजा ज्ञानेन्द्र र कांग्रेस नेता सिंह भेटेको तस्बिर भाइरल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वराजा ज्ञानेन्द्र र कांग्रेस नेता सिंह भेटेको तस्बिर भाइरल


२८ कार्तिक २०७५, बुधबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहबीच भेटघाट भएको तस्बिर अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ ।

उनीहरूबीच सौहार्दपूर्ण वातावरणका वार्तालाप गरेको तस्बिर दुई दिनयता सामाजिक सञ्जालमा भाइरल बनेको हो । यसले राजनीतिमा नयाँ तरंग ल्याएको छ । यो भेटघाटलाई कतिपयले हिन्दू राष्ट्र फर्काउने खेल भएको आशंका गरेका छन् ।

पूर्वराजा शाह र कांग्रेस नेता सिंह केही दिनअघि राजधानीको सोल्टी होटलमा आयोजित एक समारोहमा साथै बिताएका थिए । ‘गुन्यु–चोली’ कार्यक्रमको निम्ता मान्न आइतबार साँझ राजधानीको सोल्टी होटलमा पुगेका बेला उनीहरूबीच भेटघाट भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस