सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी, आजै सपथ ग्रहण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी, आजै सपथ ग्रहण


२७ कार्तिक २०७५, मंगलबार


धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन्। मंगलबार सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरेपछि सुवेदीलाई नियुक्त गरिएको हो ।

उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् ।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको ‘क’ बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन नेकपाको सुदूरपश्चिम कमिटीले मुख्यमन्त्री भट्टलाई निर्देशन दिएपछि उनलाई पदमुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस