यस्तो छ विराटनगरका मेयरको छठ ब्रत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ विराटनगरका मेयरको छठ ब्रत


२७ कार्तिक २०७५, मंगलबार


मोरङ । विराटनगरका मेयर भीम पराजुलीले छठको कष्टकर ब्रत बसेका छन् । उनी १५ औँ पटक दण्ड गर्दै सिंघिया घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् ।

मेयर पराजुली मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट प्रणाम गर्दै निस्किएका छन् । उनी तीन किलोमिटर दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् ।

छैठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर बुधबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

३ किलोमिटर दण्ड प्रणाम गरी दुरी पार गर्न चार घण्टा लाग्ने मेयर पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस