ट्विटरमार्फत सन्दीपले मागे माफी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ट्विटरमार्फत सन्दीपले मागे माफी


२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । पोखरा प्रिमियर लिगमा भएको आफ्नो गल्तीप्रति सन्दीप लामिछानेले ट्विटरमार्फत माफी मागेका छन् । सन्दीपले आफ्नो गलत बुझाइका कारण गल्ती भएको भन्दै माफी मागेका हुन् ।

पोखरा प्रिमियर लिगमा सन्दीप अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका थिए । पिपिएल चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका कारण उनलाई एक डि–मेरिट अंक दिइएको थियो ।

उनले ट्विटमा भनेका छन्,“पोखरा प्रिमियर लिगमा भएका घटनामा मैले कुनै स्पष्टीकरण दिन खोजेको होइन । त्यो एक असझदारी थियो,” सन्दीपले भनेका छन्, “म हृदयदेखी माफी माग्न चाहन्छु । माया र सुझावका लागि सबैलाई धन्यवाद ।”

सन्दीपको ट्विट :

Tags :
प्रतिक्रिया दिनुहोस