२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

अ+ अ-

धनुषा । धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ। सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूलाई छ जना स्थानीयवासीले बोक्सीको आरोप लगाउँदै निर्ममतापूर्वक कुटपिट गरेको भन्दै जाहेरी दिएकी छन्। स्थानीय रहिमन कवारीकी पत्नी खैतुन खातुन, जुमरात राइनकी पत्नी अजिमा खातुन, ओकराहावाला भन्ने जुमरत राइन, मो हबिब राइन, मो समिम राइन र अ‍ैलुन राईन लगायतका व्यक्तिले बोक्सी भन्दै आफूमाथि कुटपिट गरेको पीडित खातुनले जाहेरीमा उल्लेख गरेकी छिन्।

पीडित खातुनले कात्तिक १३ गते दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको समयमा घरमै प्रवेश गरी तिनीहरुले गाली बेइज्जत गर्दै घरबाट बाहिर ल्याई आफूलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको बताइन्। ‘कपाल समातेर लछारपछार गर्दै सार्वजनिक रुपमा नै ममाथि कुटपिट भयो, बोक्सीको आरोपमा बदनाम गरियो, म एउटी महिलामाथि परपुरुषहरुले लछारपछार गरे, कुटपिट गरे, मेरो सामाजिक अपमान गरियो’, उनले भनिन्, ‘मैले न्याय पाउनुपर्छ।’

पीडित खातुनले विपक्षीहरुको डरले आफूलाई गाउँलेले समेत साथ दिन छोडेको र इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी सहायक निरीक्षकले समेत उल्टै आफूलाई नै धम्काएर पठाएको बताइन्। पीडित खातुनकी सासू गुब्दी खातुन र ससुरा इस्लाम कवारीले उनीहरुले आफ्नो बुहारीलाई अनाहकमा कुटपिट गरेको र गाउँमा बोलाइएको पञ्चायतमा समेत उल्टै आफूहरुलाई नै गलत साबित गर्ने प्रपञ्च रचिएको दुःखेसो सुनाए ।

पीडित महिलाका पति वैदेशिक रोजगारको क्रममा साउदीमा छन्। रासस