६ संवैधानिक आयोगमा तोकिए सचिव(पत्रसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

६ संवैधानिक आयोगमा तोकिए सचिव(पत्रसहित)


प्रशासन विशेष ब्युरो

२५ कार्तिक २०७५, आइतबार


समायोजन

काठमाडौँ । सरकारले आधा दर्जन संवैधानिक आयोगमा सचिव तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आइतबार मन्त्रालयका ६ सहसचिवलाई आयोगको सचिवको जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयका अनुशार राष्टिय दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेसी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको हो ।आयोगको जिम्मेवारी तोकिएका सहसचिवहरुले मन्त्रालयबाट उक्त जिम्मेवारी पुरा गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्तासमेत रहेका सुरेश अधिकारीका अनुसार संविधानले व्यवस्था गरेका विभिन्न आयोगका लागि कार्यालय, फर्निचर, कर्मचारी र मापदण्डलगायत अन्य आवश्यक तयारी गर्न जिम्मेवारी दिईएको हो ।

सहसचिव नै आयोगको सचिव रहने व्यवस्था यसअघि नै सामान्य प्रशासन मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मा उल्लेख भईसकेको छ । आयोगमा ३० जना कर्मचारी रहने ओएण्डएममा व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस