काठमाडौं । कात्तिक २९ र ३० गते काठमाडौंमा ‘कोलम्बो प्रोसेस’ हुने भएको छ । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’को छैटौं बैठक काठमाडौंमा हुने भएको हो।
बैठकका मुख्य विषयबस्तु विदेश जाने कामदारका समस्या रहेका छन् । बैठकमा श्रमिक पठाउँदै आएका १२ राष्ट्रका मन्त्री र उच्च सरकारी अधिकारीको सहभागिता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
नेपाल कोलम्बो प्रोसेसको अहिलेको अध्यक्ष राष्ट्र हो। सन् २०१७ मार्च २९ देखि कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्र नेपाल बनेको हो।
हाल वैदेशिक रोजगारीमा कामदार पठाउने नेपाल, चीन, भारत, कम्बोडिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र रहेका छन्।
होटेलसोल्टी मा हुने बैठकको अध्यक्षता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्ने भएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले कत्तिक ३० गते समापन कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।
कोलम्बो प्रोसेसले अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौताका आधारमा आप्रवासीको श्रमका विषयमा वकालत र परामर्श गर्दै आएको छ।







