निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना


२५ कार्तिक २०७५, आइतबार


कञ्चनपुर । कञ्चनपुरमा नगरिक संघर्ष समितिले निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै धर्ना शुरु गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगरमा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।

यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनीसमेत दिइसकेका छन् । अनिश्चितकालीन धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै आमरण अनसनमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस