७ जना युवकद्वारा १५ वर्षकी बालिकाको सामुहिक बलात्कार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७ जना युवकद्वारा १५ वर्षकी बालिकाको सामुहिक बलात्कार


प्रशासन संवाददाता

२५ कार्तिक २०७५, आइतबार


बलात्कार

लहान ।  सिरहाको लहानमा १५ वर्षीया बालिका र २० वर्षीया युवती माथि सामुहिक बलात्कार भएको छ।

सिरहाको लहान नगरपालिका स्थित ११ भोटिया टोलमा जन्मदिन पार्टीको बाहानामा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवती माथि सामुहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कात्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट बोलाएको र भोटिया टोलमा सामूहिक बलात्कार भएको हो।

सिरहाको लक्ष्मीपुर पतारीकी युवती र सिसवनीकी बालिकालाई भोटिया टोलस्थित घरमा ल्याएर सात जनाको समुहले बलात्कार गरेको प्रहरीले जनाएको छ। सामान्य चिनजान रहेका बालिका र युवतीलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुवै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि सामुहिक बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यसको केही समयपछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समुहले सामुहिक बलात्कार गरेको हो। इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले सामूहिक बलात्कारमा संलग्न भई फरार रहेकाहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ।

सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस