२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विश्वविद्यालयका विद्यार्थी फूलखेती गर्दै

अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् ।

स्वदेशमै प्रचुर सम्भावना रहेर पनि भारतीय फूलमा निर्भर हुनुपरेको अवस्थामा कृषि शिक्षा पढ्दै गरेका विद्यार्थीले समूह बनाएर फूलखेती गरेका हुन् । विश्वविद्यालयको कृषि शिक्षण सङ्कायका सहायक डीन कल्याणी मिश्रका अनुसार विद्यार्थीले समूह बनाइ जग्गा भाडामा लिएर जिल्लाका विभिन्न ठाउँमा फूलखेती गरेका छन् । विश्वविद्यालय परिसरमा समेत उनीहरुले फूलखेती गरेका छन् ।

विद्यार्थीले चार÷पाँच वटा समूह बनाएर फूलखेती गरेको मिश्रले बताए । कृषि स्नातकको अन्तिम वर्ष पढ्दै गर्नुभएका हेमन्त पौडेलले फूलको माग पुर्‍याउन नसकेको बताए । चार जनाको समूह मिलेर कल्याणपुर र क्याम्पस परिसरमा फूलखेती गरेको उनले बताए । दुई हजार मालाको माग भए पनि आफूहरुले ७०० माला मात्र पुर्‍याउन सकेको पौडलको भनाइ थियो । फूलमा अझै पनि कोपिला रहेकाले पछि विवाह, सभा सम्मेलनजस्ता कार्यमा बिक्री गर्नका लागि राखिएका छन् । पौडेलले उत्साहित हुँदै भने, “प्रयोगात्मक कक्षा पनि भयो, आम्दानी पनि भयो ।”

स्नातक तेस्रो वर्षमा अध्ययनरत सुमन पौडेलसहितका आठ जना मिलेर पश्चिम चितवनको चनौलीमा चार कट्ठा १० धुर क्षेत्रफलमा फूल लगाएका छन् । उनहरुले तिहारमा मात्र एक हजार ५०० माला बिक्री गर्ने लक्ष्य राखेको बताए । स्नातकोत्तर पढ्ने समूहले रु ६० देखि ८० सम्ममा माला बेच्दै आएका छन् । स्नातक तेस्रो वर्षमा अध्ययनरत अजय यादवसहितका छ विद्यार्थीले क्यान्सर अस्पताल नजिकै दुई ठाउँमा चारकट्ठामा फूल लगाएका छन् । यादवका अनुसार रु एक लाखको फूल बिक्री गर्ने लक्ष्य राखिएको छ । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान उपयोगी बनेको यादवको अनुभव छ । माग बढी भएपछि आफूहरु उत्साहित भएको विद्यार्थी बताउँछन् ।

विद्यार्थीको उत्साह देखेर आफू प्रभावित भएको भन्दै सहायक डीन मिश्रले आउँदो वर्ष विश्वविद्यालय परिसरमा व्यवस्थित फूल खेती गर्ने योजना बनाएको बताए । कतिपय विद्यार्थीलाई आफूले काठमाडौंबाट फूलका बिरुवा मगाएको र अन्यले स्थानीयस्तरमा बिरुवा किनेको मिश्रले जानकारी दिए । यतिबेला विद्यार्थी फूल टिप्ने, माला उन्ने र बिक्री गर्ने काममा व्यस्त भएका छन् । रासस