अमेरिकाको चुनावमा नेपाली विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाको चुनावमा नेपाली विजयी


२१ कार्तिक २०७५, बुधबार


काठमाडौं । अमेरिकाको प्रतिनिधिसभा निर्वाचनमा एक नेपाली विजयी भएका छन् ।

अमेरिकाको मेरील्याण्ड राज्यमा भएको प्रतिनिधिसभा सदस्यमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका हुन् । उनले मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र नं. ८ बाट डेमोक्र्याटिक उम्मेदवारमा चुनाव लडेका हुन् ।

मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी मुलुक बाहिरको राजनीतिमा प्रवेश पाइ सभासद बन्ने पहिलो नेपाली हुन् ।

भण्डारी सन् २००५ देखि अमेरिका बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस