२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग गरेको छैन : मन्त्रालय

अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ ।

मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले आज विज्ञप्ति जारी गर्दै मन्त्रीले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको बताएका छन् ।

विज्ञप्तिमा उनले मन्त्रीले प्रयोग गरेका दुईवटा झण्डासहितका गाडीमध्ये आवश्यकताअनुसार एउटा गाडी मन्त्री निवासमा पार्किङ गरिएको हुन्छ र अर्को गाडी प्रयोग गरेको जानकारी गराए ।

मन्त्रीको निजी सचिवालयका उपसचिव र स्वकीय सचिवले मन्त्रालयले उपलब्ध गराएको एक/एक वटा गाडी प्रयोग गरेको उल्लेख गदै ती चारवटा गाडीमध्ये अरु गाडी प्रयोग नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निमित्त सचिव अधिकारीले गाडीलगायत अन्य स्रोत सामग्रीको प्रयोगसमेत अत्यन्तै मितव्ययी र पारदर्शी हिसाबले प्रयोग गरिएको र कुनै पनि अवैधानिक व्यक्तिबाट सरकारी स्रोतसाधनको प्रयोग नगरेको तथा कुनै आयोजनामा सवारी साधन पार्टीका गतिविधिमा प्रयोग नगरिएको जनाएको छ । रासस