पोखराले जित्यो पीपीएल उपाधी, चितवन ३ विकेटले पराजित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखराले जित्यो पीपीएल उपाधी, चितवन ३ विकेटले पराजित


२० कार्तिक २०७५, मंगलबार


काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनल खेल पोखरा पल्टनले जितेको छ । चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टन पीपीएल उपाधी जित्न सफल भएको हो ।

पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधी जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पार गर्दै पोखराले प्रतियोगिता जितेको छ ।

पोखराका लागि रविन्द्र सिंह र मोहम्मद नाभिदले प्रभावकारी ब्याटिङ गरे । रविन्द्रले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए । भने मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । कप्तान शरद भेषावकरले २२ रन बनाए भने आशिफ शेखले १२ रन बनाएर सफल भए ।

बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान ११ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए ।

पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार हात पारेको छ । भने उपविजेता चितवनले १० लाख नगद प्राप्त गरेको छ ।

९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच घोषीत भए ।

Tags :
प्रतिक्रिया दिनुहोस