डोल्पामा जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ।
सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको बोलेरो जीप सोमबार दिउँसो ठूलीभेरी नदीमा खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको जीवितै उद्धार गरिएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुशार ठूलीभेरी–३ कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको हो ।







