२५ हजार घुससहित लेखापाल पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२५ हजार घुससहित लेखापाल पक्राउ


१९ कार्तिक २०७५, सोमबार


काठमाडौं । पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल २५ हजार घुससहित पक्राउ परेका छन् । लेखापाल गुणराज दाहाललाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ ।

पाठ्यक्र विकास केन्द्र सानोठिमी भक्तपुरले राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामाग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी भुक्तानी माग गर्दा २५ प्रतिशत आन्तरिक लेखा परीक्षणको लागि आवश्य पर्ने भनी सेवा ग्राहीसँग घुस माग गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।

दाहालको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस