भारतको उत्तर प्रदेशबाट ३७ नेपाली चेलीको उद्दार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतको उत्तर प्रदेशबाट ३७ नेपाली चेलीको उद्दार


१९ कार्तिक २०७५, सोमबार


काठमाडौं । भारतको उत्तर प्रदेशबाट ३७ जना नेपाली चेलीहरुको उद्दार गरिएको छ । बेच्नका लागि भारतको गाजियावाद इन्द्रपुरमस्थित एक होटलमा थुनेर राखिएका चेलीहरुको उद्दार गरिएको छ ।

माइती इन्डियाले दिल्ली र यूपीबाट उद्दार गरी नेपालगञ्जको माइती नेपाललाई जिम्मा लगाएको जनाइएको छ ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वयमा उत्तरप्रदेश प्रहरीको सहयोगमा माइती इन्डियाले उद्दार गरेको जनाइएको छ । उद्दार गरिएका ३७ चेली सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायकाका जिल्लाका रहेको माइती नेपालले जानाएको छ।

उद्दार गरिएका घर जान चाहने चेलीलार्इ घर पठाउने र जान नचाहने चेलीलार्इ सिपमुलक तालिम दिने सेन्टरमा राखिने नेपालगञ्जस्थित माइती नेपालले जनाएको छ । नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय रहेको पनि खुलेको छ ।

कोठीमा पुर्‍याए पछि गीरोहले एक चेलीबाट चार लाख लिने गरेको बताइएको छ । गिरोहका नेपाली सदस्यलार्इ पक्राउ गर्न इन्टरपोलमार्फत नोटिस जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस