सिन्धुपाल्चोकमा आगलागी, एकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोकमा आगलागी, एकको मृत्यु


१९ कार्तिक २०७५, सोमबार


आगलागी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति १ बजे सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका – ५ मा जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीया छोरा राजु गोलेको मृत्यु भएको जनाइएको छ ।

राति घरमा कोही नभएको आगलागी हुँदा बेला छोराको मृत्यु भएको परिवारले जनाएको छ । आगो कसरी लाग्यो भन्ने नखुलेको र आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको पारिवारिक स्रोतले जनाएको छ ।

आगो राति स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट दुईलाख पचास हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस