२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहयोगको पर्खाइमा दलित विद्यालय

अ+ अ-

रोल्पा । समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा स्थापना गरिएको जनएकता आधारभूत विद्यालयमा आर्थिक स्रोत अभाव हुँदा सञ्चालनमा समस्या हुँदै आएको हो ।

कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल १०१ विद्यार्थीले अध्ययन गर्छन् । अध्ययनरत विद्यार्थी सबै दलित समुदायका छन् भने विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी र एक शिक्षकबाहेक सबै शिक्षक पनि दलित समुदायका छन् । विद्यालय समुदायले स्थापना गरेको धेरै समयपछि सरकारले एउटा दरबन्दी दिएको छ । बाँकी तीन शिक्षक र एक कार्यालय सहयोगी समुदायले निजी स्रोतबाट तलब सुविधा दिने गरी भर्ना गरेका छन् । सरकारले उपलब्ध गराएको दरबन्दीमा गैरदलित समुदायका रहे पनि बाँकी सबै शिक्षक र कर्मचरी दलित समुदायका छन् ।

विद्यालयमा शिक्षकले न्यून तलबमा काम गर्न बाध्य भएको विद्यालयका पूर्वशिक्षक भरत नेपालीले जानकारी दिए । मासिक रु दुई हजार ५०० देखि रु पाँच हजार तलब पाउने गरी विद्यालयको सेवा गरिरहेका नेपालीले बताए । लामो समयसम्म न्यून तलबमा काम गर्न सकिने अवस्था नभएकाले राज्यले विद्यालयमा दरबन्दी थप्नुपर्ने नेपालीको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालय, गाउँपालिका वा अन्य सङ्घ संस्थाले दिने योजनाको बजेट बराबर श्रमदान गरेर बचाएको पैसाले निजी स्रोतको शिक्षक व्यवस्थापन गर्न बाध्य भएका छौँ प्राधानाध्यपक नुमप्रसाद शर्माले भने। दलित समुदायमा आर्थिक विपन्नता समेत रहेकाले अभिभावकबाट सहयोग उठाउने अवस्था छैन् शर्माले भने । गरीबीका कारण जाडो मौसममा लगाउने अतिरिक्त पोशाक नहुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस