चालिस हजार घुससहित उपसचिव पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चालिस हजार घुससहित उपसचिव पक्राउ


१६ कार्तिक २०७५, शुक्रबार


घुस

काठमाडौं । चालिस हजार घुससहित शिक्षा विकास तथा सकन्वय इकाई, पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साहलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लालबाबु साहले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

साहले सेवाग्राहीबाट रु ४०,०००  घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको जनाइएको छ ।

उपसचिव साहलाई रु ४०,००० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९को दफा ३ को उपदफा (१) को (ख) बमोजिम जरिवाना र कैद सजाय हुने गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस