चाँदीका गर-गहना बरामद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चाँदीका गर-गहना बरामद


१६ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । पर्सा प्रहरीले चाँदीका बेवारिसे गरगहना बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टालीले वीरगंज पथलैय्या जाँदै गरेको ना२ख ३९७९ नं को बसबाट बेवारिसे खरानी रंगको झोला बरामद गरेको हो ।

झोलाको  खानतलासी गर्दा चाँदीका गरगहनाहरु भेटीएको जनाइएको छ । चाँदीका १४ किलो ६ सय ७५ ग्राम ६,२७,५९० मुल्य बराबरको गरगहना रहेको जिल्ला प्रहरी कार्यालय वीरगञ्जले जनाएको छ ।

आवश्यक अनुसन्धानका लागि चाँदीका गरगहनासहितको झोला वीरगंज भंसार कार्यालय पठाइएको  प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस