२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय लगानीमा ९१ लाख जुटाएर पूर्वाधार निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले रु ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् ।

पोखरा, काठमाडौंलगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिकालगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो ।

समुदायको रु ९१ लाखको लगानीमा निर्माण भएको स्वाँत–किन्दु ग्रामीण कृषि सडक, बहुद्देश्यीय खेल मैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिर परिसरको सत्तलको बिहीबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र सांसद विनोद केसीले उद्घाटन गरे।

किन्दु टोल विकास समिति र सिख्तानी समाजको पहलमा आर्थिक स्रोत जुटाइएको थियो । रु ४९ लाख २३ हजार ७७५ मा ६।५ किमी सडक, रु २८ लाख ५५ हजारमा खेल मैदान, रु सात लाख ४४ हजारमा सभा हल र रु पाँच लाख ७४ हजार ७७० मा सत्तल निर्माण भएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङले बताए ।

पूर्वाधार निर्माणका लागि ८० घरधुरी किन्दुवासीले रु चार लाख २५ हजार बराबरको श्रमदान, तत्कालीन जिल्ला विकास समितिले रु एक लाख ८० हजार र अन्नपूर्ण गाउँपालिकाले रु चार लाख ३८ हजार सहयोग गरेका छन् । सडक, सभाहल, खेल मैदान र सत्तल निर्माणपछि आवतजावत, ढुवानी, तरकारी निकासी, खेल अभ्यास, प्रतियोगिता सञ्चालन, तालीम, गोष्ठी, भेला सञ्चालन गर्न सहज भएको किन्दुका ज्ञानबहादुर शेरपुञ्जाले बताए । उद्घाटन समारोहमा मन्त्री पुन, सांसद केसी र गाउँपालिकाका अध्यक्ष पुनले किन्दुवासीले राज्यको तुलनामा धेरै आर्थिक स्रोत जुटाएर विकासका पूर्वाधार तयार पारेर विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेको बताए। रासस