२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिमा आएका मुद्दा मेलमिलापबाट समाधान

अ+ अ-

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता दिइएको छ । उक्त समितिमा परेका अधिकांश विवाद मेलमिलापबाटै समाधान गरिँदै आएको विहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त समितिले सहज न्याय र मेलमिलाप नीतिलाई सरल बनाउन अब प्रत्येक वडामा छिट्टै मेलमिलापकर्ता समेत राख्ने तयारी गरिएकोे उक्त समितिका संयोजक माया शर्माले बताए ।

‘‘हामीले न्यायलाई सरल र मेलमिलाप नीतिलाई सहज बनाउन इजलास निर्माणदेखि १९ वडाका अध्यक्ष र सचिवलाई तालीम दिएका छौँ, अब स्थानीयस्तरमै मेलमिलाप गराउन केही दिनमै सहजकर्ता राख्ने तयारीमा छौँ”, उनले भने ।

न्यायिक समितिमा हालसम्म आएका १०१ विवादमा ४३ वटामा मेलमिलाप गरिएको समितिले जनाएको छ । समितिमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, घरबहाल सम्झौता, निजी जग्गामा अरूले संरचना बनाएको तथा सिमाना विवादका उजुरी परेका थिए । गत आवमा ३५ र यस आर्थिक वर्षमा आठ विवादका मुद्दा मिलापत्रबाट फछर्योट गरिएकोे बताइएको छ।