सम्बन्धविच्छेदका मुद्दा दिने पुरुष बढी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सम्बन्धविच्छेदका मुद्दा दिने पुरुष बढी


१६ कार्तिक २०७५, शुक्रबार


घोराही । देवानी तथा फौजदारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुष बढेका छन् ।

पछिल्ला साढे दुई महिना (भदौ १ देखि कात्तिक १५)को तथ्यांक अनुसार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुष बढी देखिएका हुन् ।

अदालतका स्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

उक्त संहितामा पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले मुद्दा दर्ता गराउने पुरुष बढ्न थालेको मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए ।

सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको उनको भनाइ छ ।

सरकारले भदौ १ गतेदेखि देवानी तथा फौजदारी संहिता लागू गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस