प्रदेश १ को नाम र केन्द्रबारे छिट्टै टुंगो लाग्छ : मन्त्री घिमिरे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ को नाम र केन्द्रबारे छिट्टै टुंगो लाग्छ : मन्त्री घिमिरे


१६ कार्तिक २०७५, शुक्रबार


खाँदबारी । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएका छन्।

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दसैं र तिहारजस्ता चाडपर्वले केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि सुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताए।

प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौं , मन्त्री घिमिरेले भने, नाम र राजधानीका विषयमा बहस भइरहेको छ।

सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उनले किमाथांका(जोगबनी सडक जोडिएपछि प्रदेश १ लाई यसले थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस