एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानमा क्षति « प्रशासन
prasaLogo
१५ कार्तिक २०७५, बिहीबार

एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानमा क्षति


प्रकाशित मिति : 1 November, 2018 4:52 pm

कोलकोता । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ ।

कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो ।

अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस