२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

अ+ अ-

काठमाडौ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९ गतेसम्म तथा बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ । यस्तै आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री भइसकेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई यसअघि नै शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण शेयरतर्फ १० अर्ब बराबरको शेयर बिक्री गर्ने जनाएको छ । त्यसमा सञ्चयकोषका सञ्चयकर्तादेखि स्थानीयवासी र सर्वसाधारणसमेतको शेयरको हिस्सा रहनेछ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली व्यावसायिक उत्पादनको लागि भने अझै एक वर्ष जति कुर्नुपर्ने छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले दोलखावासीले जस्तै सर्वसाधारणले पनि शेयरमा विशेष चासो राख्ने र धेरैभन्दा धेरै नागरिक सहभागी हुने अपेक्षा गरिएको बताए ।