सुमित र सुधाको जोडी क्वाटरमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुमित र सुधाको जोडी क्वाटरमा


१४ कार्तिक २०७५, बुधबार


काठमाडौं । नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को मिक्स युगल तर्फ अन्तिम ८ मा प्रवेश गर्न सफल भएका छन् ।

शाक्य जोडीले दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडी माथी १५–२१, २१–१७ र २१–१७ को जित निकाले । यसैगरि दथुलंका राजु बज्राचार्य र यस्ना डङ्गोलको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए । बज्राचार्य जोडीले भिन्छेबहालका सुजन बज्राचार्य र कृस्मा बज्राचार्यको जोडीलाई २१–११, २१–१४ ले पराजित गरे ।

यस्तै भिन्छेबहालका सुजित बज्राचार्य र आकृती बज्राचार्यको जोडीले नागबहालका ससिन डङ्गोल र निष्ठा जोशीको जोडीमाथी २१–१५, २१–८को जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरे । क्वाटरफाईनल प्रवेश गर्ने क्रममा नै दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीले ओकुबहालका कृतार्थ शाक्य र अनुष्का शाक्यको जोडीलाई २१–१२, २२–२४ र २१–१०ले, पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडीले दथुलंका रोहित महर्जन र रोहिता शाक्यको जोडीलाई २१–१६, २१–१६ले, नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडीले दथुलंका सन्दिप शाक्य र सब्रिना महर्जनको जोडीलाई १६–२१, २१–१४ र २१–७ले, नागबहालका सुनिल शाक्य र लसता शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र अनुशा शाक्यको जोडीलाई २१–१४, २१–१४ ले तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले पिन्छेंका रुशल महर्जन र हसना महर्जनको जोडीलाई २१–१२, २१–१४ ले पाखा लगाए ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ भिन्छेंबहालका मनिष वीर बज्राचार्य र सुजित बज्राचार्यको जोडी नागबहालका सुदिम शाक्य र प्रविन शाक्यको जोडीलाई २१–१९, २१–१४ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाउन सफल भए । यसैगरि हखाका रुकेश शाक्य र सुनिल महर्जनको जोडी ओकुबहालका दिपेश शाक्य र सन्त डङ्गोललाई २२–२०, २१–१९ले तथा दथुलंका रत्नकाजी बज्राचार्य र संदीप शाक्यले गुईटोलका किरण महर्जन र ज्ञानेन्द्र महर्जनलाई २१–१९, २१–१८ले पाखा लगाउंदै अन्तिम १६ मा स्थान बनाए ।

प्रिक्वाटरमा स्थान बनाउने क्रममा प्रयागापोखरीका सुनिल बाराही र पूर्ण बहादुर चित्रकारले नागबहालका विभुषण शाक्य र सन्त शाक्यलाई २१–१९, २१–९, दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनले दथुलंका सन्नी डङ्गोल र सचिन डङ्गोललाई २१–१३, २१–१९ले, ओकुबहालका कृतार्थ शाक्य र राजीव शाक्यले दथुलंका शैलेन्द्र डङ्गोल र राजेश महर्जनलाई २१–७, २१–९, पिन्छेंका सुशिल महर्जन र दिपेन महर्जनले भुबहालका बाबुराजा बज्राचार्य र उमङ्ग बज्राचार्यलाई १७–२१, २१–८, २१–१९ले तथा नागबहालका सनिल शाक्य र सुमन शाक्यले प्रयागपोखरीका बिक्रम महर्जन र मिलन मजर्हनलाई २१–१२, २१–९ले पराजित गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस