२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र

अ+ अ-

घोराही । शहर बढेको छ, जनसङ्ख्या बढेको छ, मान्छेको काम पनि बढेको छ तर परिवारभित्रको सङ्ख्या क्रमश घट्दो छ ।

संयुक्त परिवार निरन्तर एकल परिवारमा परिणत हुदैछन् । फलस्वरुप पछिल्लो समय घरमा भएका वृद्धवृद्धा पनि एक्लिन थालेका छन् । सानो परिवारमा हुने थोरै आफन्त पनि बेफुर्सदिलो भएपछि वृद्धवृद्धासँग बसिबियाँलो गर्ने र उनीहरुको कुरा सुन्ने घट्दै गइरहेकाका कारण परिवारमा उनीहरु एक्लिने क्रम जारी छ ।

राष्ट्रका अमूल्य सम्पत्ति र इतिहास भनिएको ज्येष्ठ नागरिक समाजमा एक्लिन थालेपछि सरकारले उनीहरुका लागि दिवा सेवा केन्द्रको नीति अगाडि ल्याएको छ । हाल प्रत्येक स्थानीय तहले जिम्मेवारी लिने गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना हुन थालेको छ ।

दाङमा पनि विभिन्न स्थानमा आफन्त नभएकाको लागि वृद्धाश्रम र दिउँसोको समय व्यतित गर्नका लागि दिवा सेवा केन्द्र खुल्ने क्रम जारी छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अनुसार ‘दिवा सेवा केन्द्र’ भन्नाले ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिइ दिउँसोको समयमा हेरचाह गर्नका लागि यस ऐन बमोजिम स्थापना तथा सञ्चालन भएको घर, आश्रम वा यस्तै प्रकृतिका अन्य संरचना सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ ।

सोहीअनुरुप अहिले जिल्लाका सबैजसो स्थानीय तहले आ–आफ्नो क्षेत्रमा दिवा सेवा केन्द्र स्थापनालाई प्राथमिकता दिएका छन् । घोराही उपमहानगरपालिका सबै वडामा दिवा सेवा केन्द्र स्थापना गर्ने प्रक्रिया जारी छ भने वडा नं १५ मा दिवा सेवा केन्द्र स्थापना भइसकेको छ ।

उपमहानगरपालिका, वडा कार्यालय र ज्येष्ठ नागरिक जिल्ला सङ्घको सहयोगमा सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिए । जहाँ वृद्धवृद्धाका लागि सञ्चारका साधन टेलिभिजन, पत्रपत्रिका, सङ्गितका बाद्यबाधकका सामग्री, वृद्धवृद्धाको सुविधाका लागि फर्निचरको व्यवस्था गरिएको वडाअध्यक्ष पाण्डेले बताए । केन्द्रमा वृद्धहरुलाई दिउँसोको समयमा चिया खाजाको व्यवस्था पनि गरिएको छ । जुन रकम स्थानीय तहले व्यहोर्नुपर्ने नियम छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका– ११ मोतिपुरमा पनि हाल सुविधा सम्पन्न दिवा सेवा केन्द्र स्थापना गरिएको छ । जहाँ दैनिक ५० देखि ६० जना वृद्धवृद्धा भेला हुने गरेको ज्येष्ठ नागरिक जिल्ला सङ्घका उपाध्यक्ष खुमानन्द अधिकारीले बताउँछन् । ज्येष्ठ नागरिक एक अर्कामा अनुभव साट्ने, आ–आफ्नो कला देखाउने गर्दछन् ।

ज्येष्ठ नागरिक राष्ट्रको गहना र अमूल्य सम्पत्ति भएको हुँदा उनीहरुको जगेर्ना गर्न सरकारले थालेको पहल सकारात्मक भएको उनले बताए । जिल्लाका एक सय वडामा यस प्रकारको सेवा केन्द्र खोल्ने तयारी भइरहेको उनको भनाइ छ । तर योजना र नीति ल्याए पनि सरकारले प्रर्याप्त बजेट नदिँदा गैरसरकारी सङ्घ संस्थाको सहयोगमा केन्द्र सञ्चालन गर्नु परिरहेको उनको दुखेसो छ ।

यस्तै ज्येष्ठ नागरिक जिल्ला सङ्घका सचिव दधिराम खनाल अहिले आफूहरुले सडकमा जीवन बिताइरहेका ज्येष्ठ नागरिकका लागि जिल्लाको घोराही, लमही र तुलसीपुरमा वृद्धाश्रम सञ्चालनमा रहेको बताए । सङ्घकै पहलमा र सरकारको नीतिअनुरुप स्थानीय निकायले खर्च व्यहोर्ने गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना भइरहेको उनले बताए ।

जिल्लामा स्थापना भइरहेको दिवा सेवा केन्द्रका लागि निमित्त राष्ट्रसेवक कर्मचारी सङ्गठन र केही गैरसरकारी संस्था र स्थानीय निकायको सहयोग भइरहेको उनले बताए । हाल घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रत्येक वडाले दिवा सेवा केन्द्रका लागि रु एक÷एक लाख बजेट विनियोजन गरेका छन् ।