निर्मलाको लागि न्याय माग्दै मुख्यमन्त्रीलाई ज्ञापन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मलाको लागि न्याय माग्दै मुख्यमन्त्रीलाई ज्ञापन


१४ कार्तिक २०७५, बुधबार


धनगढी । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्यायको माग गर्दै मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।

निर्मलाको बलात्कार पछि हत्या भएको लामो समयसम्म दोषी पत्ता लाग्न नसकेको भन्दै आज निर्मलाका आमा बाबुसहित नागरिक संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको हो ।

संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि केही बेर धर्नासमेत दिएको थियो । ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस