नेविसंघले काठमाडौं विश्वविद्यालयमा लगाएको ताला खुल्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेविसंघले काठमाडौं विश्वविद्यालयमा लगाएको ताला खुल्यो


१४ कार्तिक २०७५, बुधबार


काठमाडौैं । नेविसंघले काठमाडौं विश्वविद्यालयमा लगाएको ताला एक महिना पछि खुलेको छ । नेविसंघले विद्यार्थी कल्याण परिषदको चुनाव गराउन भनि माग गर्दै ताला लगाएको थियो ।

१५ दिन भित्र चुनावको मिति तोक्ने सहमति भएसँगै ताला खोलिएको छ । मंगलबार साँझ भएको वार्तामा चुनावको मिति तोक्ने, विधान संशोधन गर्ने, काठमाडौं विश्वविद्यालयको लोको दुरुपयोग रोक्ने जस्ता सहमति भएका छन् ।

गत असोज २१ गते नै विद्यार्थी कयाण परिषदको चुनाव गर्नुपर्नेमा अहिले सम्म हुन नसकेको काठमाडौं विश्वविद्यालयका नेविसंघ सभापतिले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस