प्रधानमन्त्रीसँगको भेटघाटमा रोक(विज्ञप्तिसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीसँगको भेटघाटमा रोक(विज्ञप्तिसहित)


प्रशासन विशेष ब्युरो

१३ कार्तिक २०७५, मंगलबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

काठमाडौँ । शिक्षण अस्पतालले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शुभचिन्तकहरुसँगको भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको हो ।

अस्पतालले मंगलबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफूहरुको पहिलो प्राथमिकता रहेकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध लगाएको प्रस्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौ ।’

छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओली कात्तिक १२ गते सोमबार विहान ४ बजेदेखि शिक्षण अस्पतालमा उपचाररत छन् ।

teching-KP OLI_prasashan.com

Tags :
प्रतिक्रिया दिनुहोस