सिराहा । सिराहाबाट दुईलाख घुससहित एक नापी सर्वेक्षक पक्राउ परेका छन् ।
नापी कार्यालय सिराहाबाट सर्वेक्षक देवनारायण चौधरी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको जनाइएको छ ।
उनलाई नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जा कायम गरिदिने भनी सेवाग्राहीसँग लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।







