२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

अ+ अ-

पोखरा । कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ ।

सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई महत्व दिएको हो ।

गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार पछिल्ला समयमा कोदोको अत्याधिक माग बढेको छ । “तर पनि उत्पादन कम हुँदै गएको अवस्थालाई दृष्टिगत गरी यसतर्फ कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रम अघि सारिएको हो”, गाउँपालिकाका प्रमुख कुँवरले भने । सो गाउँपालिका क्षेत्र अन्नपूर्ण पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य हो । सो क्षेत्रमा पद्यात्राका लागि जाने पर्यटकले कोदोका परिकारको माग गर्ने गर्छन् । तर माग अनुरुप कोदोका विविध परिकार पर्यटकलाई पु¥याउन भने सकिएको छैन ।

नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्रमा गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । कोदोखेती प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाले यहाँका ११ वटै वडामा एक/एक वटा कोदो माड्ने उपकरण वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ ।

उनका अनुसार गाउँपालिकाका प्रत्येक होटलमा अनिवार्य कोदोको परिकार समावेश भएको मेनु राख्नुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिका भएर जाने पोखरा बाग्लुङ राजमार्गका होटलमा पनि कोदाको परिकारको मेनु राख्न लगाइने भएको छ ।

“पछिल्लो समयमा यस क्षेत्रमा आउने पर्यटकले पनि कोदोको परिकार अत्यधिक माग गर्ने गरेको पाइन्छ,” उनले भने, “ पछिल्लो जनगणना अनुसार गाउँपालिकाको छ हजार २९ घरधुरीमध्ये औसतमा एक घरले एक मुरी कोदो उत्पादन गर्ने गर्छन् ।”

बजारको मागलाई आत्मसात् गर्न सके यसबाट स्थानीयवासीको राम्रो आयआर्जन गर्नसक्ने देखेर नै कोदोखेतीको प्रवद्र्धनमा गाउँपालिका लागेको बताइएको । यसवर्ष कोदो थन्क्याउने मौसम शुरु हुन लागेका कारण उपकरण चाँडै नै खरीद गरी ५० प्रतिशत अनुदान सहयोगमा समुदायलाई हस्तान्तरण गर्ने गाउँपालिकाको लक्ष्य रहेको कृषि महाशाखा प्रमुख शशीकुमार सिंहले जानकारी दिने ।

“ आगामी १० दिनभित्रै उपकरण खरीद गरी प्रत्येक वडामा पु¥याउन लागेका छौं,” उनले भने,“ उपकरणको प्रयोगले कृषकलाई कोदो माड्न निकै सहज हुने छ ।” ग्रामीण क्षेत्रमा अहिलेसम्म परम्परागत रुपमा नै लौराले हानेर कोदो झार्ने चलन छ । कृषि कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक वर्ष कोदोको उत्पादन घट्दै गएको छ । कास्कीमा पछिल्ला वर्षमा कोदोखेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ । कोदोको उत्पादकत्व प्रति हेक्टर १.२ मेट्रिक टन रहेको यस जिल्लामा कूल १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ ।

कास्की आसपासका स्याङजा, तनहुँ, लमजुङ, गोरखा, पर्वत, वागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन राम्रो हुने भएपनि उत्पादन भने घट्दो रहेको बताइएको छ ।

कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति लोप हुँदै गएका छन् । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्ले जस्ता विभिन्न प्रजाति पाउने गरिएकोमा ती प्रजाति लोप हुँदै गएका छन् ।

पछिल्लो समयमा कोदो लगाउने जमिनमा कृषकले घैया प्रजातिसाथै पाखे धान लगाउन थालेकाले पनि कोदोको उत्पादन घट्दै गएको कृषक बताउँछन् । मधुमेह जस्ता रोगका बिरामीलाई पनि खान हुने भएकोले बजारमा कोदोको अत्याधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन गाउँपालिकाले गरेको पहलकदमीलाई महत्वका साथ हेरिएको छ ।