काठमाडौं । लैनचौरको खानी विभाग अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोट घर भएका ३० वर्षीय प्रकाश तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते तामाको राष्ट्रिय ट्रमा स्न्टरमा उपचारका क्रममा मृत्यु भएको हो । माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् ।







