गौतमबुद्ध विमानस्थलको रनवे पिच शुरु, ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गौतमबुद्ध विमानस्थलको रनवे पिच शुरु, ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने


१३ कार्तिक २०७५, मंगलबार


बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितिमा मंगलबार उद्घाटन गरिएको हो । मन्त्री अधिकारीले ६ महिनाभित्रै विमानस्थल निर्माण सम्पन्न गरेर अन्तर्राष्ट्रिय उडान हुने जनाएका छन् ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थलको स्तरोन्नती थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस