प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख


प्रशासन विशेष ब्युरो

१२ कार्तिक २०७५, सोमबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । छातीमा समस्या देखिएपछि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टरको सीसीयूमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तम कृष्ण श्रेष्ठले जानकारी दिए ।

मौसमी रुघा खोकी र हल्का ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई छातीमा समस्या देखिएपछि कार्डियो सेन्टर लगिएको थियो ।

यसैबिच प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न नेपाली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेता पनि अस्पताल पुगेका छन् । ,

Tags :
प्रतिक्रिया दिनुहोस