२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक देवी नाच ३७ वर्षपछि

अ+ अ-

काठमाडौं । राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्ष पछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ ।

विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौ शताब्दीमा राजा मानदेवको पालादेखि वि.सं. २०३८ सम्म प्रदर्शन गरिएको नाच त्यसपछि प्रदर्शनको स्रोत र कलाकारको अभावमा बन्द भएको थियो । वि.सं. २०३८ मा यो नाच देखाउन कलाकारका रुपमा सक्रिय भएका ७० वर्षीय ज्ञानबहादुर श्रेष्ठले युवा पुस्तालाई सिकाएपछि यसवर्ष नाच पुनःस्थापना गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जनाए ।

यो नाच फेरि कात्तिक १७ गते शनिबार कान्तिभैरव मन्दिर परिसरमा देखाउने तयारी भइरहेको छ । नाच पुनःस्थापना गर्न युवा पुस्ता पनि सक्रिय भई लागेका छन् । दशैँका अवसरमा २५ वर्ष अघिसम्म भक्तपुरको नवदुर्गा नाचलाई गोकर्ण देशेमा ल्याइन्थ्यो । २५ वर्ष अघिदेखि टुटेको यो परम्परा पनि पुनःस्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। यो नाचमा विभिन्न देवीको स्वरुप देखाईन्छ ।

गोकर्ण देशे गोकर्णेश्वर क्षेत्रको पुरानो बस्ती हो । यो बस्ती राजा मानदेवले बसालेको स्थानीय बुढापाकाको भनाइ छ । गोकर्णेश्वर महादेव मन्दिरको पूर्व एवं गोकर्ण जङ्गलको उत्तर–पश्चिम भेगमा यो बस्ती रहेको छ । बस्तीमा नेवारी समुदायको बसोवास छ । रासस