२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै

अ+ अ-

काठमाडौं । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कँदैछ ।

थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज साँझ नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा नेपालले दुई खेलमा जीत निकाल्दै दोस्रो चरणका लागि छनोट भएको थियो ।

नेपाल समूह चरणको पहिलो खेलमा थाइल्याण्डसँग पराजित भए पनि पछिल्ला दुई खेलमा पाकिस्तान र भारतलाई पराजित गर्दै दोस्रोचरणमा पुगेको हो । च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यु–१९ महिला फुटबल टोली यही कात्तिक ५ गते त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झना शर्मा, मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास रहेका छन् ।

आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोली एएफसी यु–१९ महिला च्याम्पियनसीपमा छनोट हुनेछन् । एएफसी यु–१९ महिला च्याम्पियनसीप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसीपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।